शिवश्री हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयरलाई लिलामीमा ल्याएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले हिजो बुधबार लिलामीमा परेको आवेदनको शिलबन्दी बोलपत्र खोलिएको जानकारी दिएको छ।
क्यापिटलका अनुसार, लिलामीमा राखिएको सेयरको प्रारम्भिक कटअफ मूल्य रु. १४० कायम गरिएको छ। यद्यपि, यो प्रारम्भिक मूल्य मात्र हो र सबै आवेदन र चेकको भेरिफिकेशन पछि मात्र अन्तिम कटअफ मूल्य निर्धारण गरिने क्यापिटलले जनाएको छ।
शिवश्री हाइड्रोले कार्तिक २० देखि कार्तिक २७ सम्म हकप्रदमा अवितरित सर्वसाधारण समूहको ८,६५,८४५ कित्ता सेयर लिलाममा ल्याएको हो।
कम्पनीले भदौ ११ देखि असोज २३ सम्म हाल कायम चुक्ता पुँजीको १:१ अनुपातमा १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। यसमध्ये नियमित आवेदन दिने सेयरधनीलाई १ करोड ३८ लाख ९८ हजार १५५ कित्ता सेयर बाँडफाँड गरिएको थियो। बाँकी बिक्री नभएका सेयर लिलामीमा आएका हुन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन ४ गते हकप्रद निष्काशनको अनुमति दिएको थियो।


















प्रतिकृया