एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी, एस५, नेपाली बजारमा सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एस५ लन्च गरेको हो।
एमजी एस५ तीन भेरिएन्टमा उपलब्ध छ, र यसको मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार, र ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ। इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर रेंज दिन्छ। अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्रीले ४३० किलोमिटर रेंज प्रदान गर्छ।
एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र प्यानोरामिक सनरुफ जस्ता विशेषताहरू छन्। यसमा ९९ किलोवाटको मोटर रहेको छ र स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको छ। रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सनले ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सुधार ल्याएको छ।
एस५ ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ र यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टाको छ।



















प्रतिकृया