SHAREHUBSHAREHUB

खडेरीको मारमा कृषि क्षेत्र: धान उत्पादन ४.१६ प्रतिशतले घट्ने अनुमान, कृषि वृद्धिदर जम्मा १.५८%

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १३ गते
AdvertisementAds
खडेरीको मारमा कृषि क्षेत्र: धान उत्पादन ४.१६ प्रतिशतले घट्ने अनुमान, कृषि वृद्धिदर जम्मा १.५८%
File Photo
AdvertisementAds

चालु आर्थिक वर्ष २०८२/८३ मा धान उत्पादन घट्ने अनुमान गरिएको छ। तराई क्षेत्रमा रोपाइँको समयमा परेको खडेरी र धान भित्र्याउने समयमा भएको अधिक वर्षाका कारण धान उत्पादन ४.१६ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ।

यद्यपि अन्य बाली र पशुजन्य उत्पादनमा सुधार देखिएकाले समग्र कृषि क्षेत्रको वृद्धिदर भने सकारात्मक रहने अनुमान छ। कृषि क्षेत्रको मूल्य अभिवृद्धि चालु आर्थिक वर्षमा १.५८ प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३.०५ प्रतिशतभन्दा कम हो।

धान उत्पादन घटे पनि गहुँ, मकै, कोदो, औद्योगिक बाली, फलफूल तथा हिउँदे बाली र पशुजन्य उत्पादनमा सामान्य वृद्धि हुने अपेक्षाले कृषि क्षेत्रको कुल वृद्धिदर सकारात्मक रहेको हो।

यसैबीच विद्युत उत्पादन, यातायात, थोक तथा खुद्रा व्यापार, वित्तीय क्षेत्र र सूचना प्रविधि सेवामा विस्तार भएपछि गैरकृषि क्षेत्रको वृद्धि तुलनात्मक रूपमा उच्च रहने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा गैरकृषि क्षेत्रको मूल्य अभिवृद्धि ४.५४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

AdvertisementAds

यसैबीच, कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घटेर २४.० प्रतिशतमा झर्ने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष यो हिस्सा २४.५ प्रतिशत थियो। त्यस्तै गैरकृषि क्षेत्रको हिस्सा बढेर ७६.० प्रतिशत पुग्ने देखिएको छ। पछिल्लो दशक औसतमा कृषि क्षेत्रको योगदान २५ प्रतिशत र गैरकृषि क्षेत्रको ७५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स