कृषि विकास बैंक (एडिबिएल)ले सुरक्षा अधिकृत पदका लागि करारमा आवेदन आह्वान गरेको छ। इच्छुक नेपाली नागरिकहरूले आफ्नो शैक्षिक योग्यता, अनुभव र प्रमाणपत्रसहित १५ दिन भित्र बैंकको आधिकारिक वेबसाइट https://vacancy.adbl.gov.np मा अनलाइन आवेदन दिन सक्नेछन्।
यस पदका लागि उम्मेदवारले नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीको राजपत्रांकित द्धितीय श्रेणीमा अवकाश प्राप्त वा निवृत्तिभरण प्राप्त भएको हुनुपर्छ।
उम्मेदवारको उमेर ३५ देखि ५८ वर्ष बीचको हुनुपर्नेछ र उम्मेदवारले स्नातक तहको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्छ। छनौट प्रक्रिया प्रारम्भिक छनौट, प्रस्तुतिकरण र अन्तर्वार्तामा आधारित हुनेछ।
आवेदनको अन्तिम मिति २०८१/१०/०७ (राति १२:०० बजे) सम्म हुनेछ र आवेदन शुल्क १,००० रुपैयाँ अनलाइन भुक्तानी मार्फत गर्नुपर्नेछ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया