काठमाडौंको तीनकुने क्षेत्रमा जारी तनावको नियन्त्रणका लागि नेपाल प्रहरीले थप सुरक्षाकर्मी परिचालन गरेको छ। राजावादी प्रदर्शन हिंसात्मक बन्ने क्रममा प्रशासनले कर्फ्यु आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको हो।
उपत्यका प्रहरीले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै गोली चलाउनसमेतको आदेश प्राप्त गरेको छ। प्रशासनले कर्फ्यु आदेश कडाइका साथ लागू गर्ने जनाएको छ।
आज अपराह्न ४:२५ बजेबाट राति १० बजेसम्म निम्न स्थानहरूमा कर्फ्यु लागू गरिएको छ:
गौशाला देखि एयरपोर्ट, गैरीगाँउ, तीनकुने हुँदै कोटेश्वर
कोटेश्वर देखि जडिबुटी पुल
कोटेश्वर देखि बालकुमारी पुलसम्म
बानेश्वर चोक देखि शंखमुल पुलसम्म
गौशाला चोक देखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म



















प्रतिकृया