नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा बढुवा र नयाँ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
आज जारी गरिएको सूचनाअनुसार, कार्यक्षमता मूल्यांकनका आधारमा कार्यकारी निर्देशकदेखि वरिष्ठ सहायकसम्म ७ पदमा बढुवा हुनेछन्। जसमा कार्यकारी निर्देशक १ जना, उपकार्यकारी निर्देशक २ जना, निर्देशक २ जना, सहायक निर्देशक १ जना र वरिष्ठ सहायक १ जना रहेका छन्।
त्यस्तै, बोर्डले सहायक निर्देशक (अधिकृत तृतीय) र वरिष्ठ सहायक (सहायक प्रथम) पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने भएको छ। प्रशासन र कानुनतर्फ ३ जना सहायक निर्देशक तथा प्रशासनतर्फ २ जना वरिष्ठ सहायकका लागि दरखास्त आह्वान गरिएको छ।
इच्छुक उम्मेदवारले बोर्डको वेबसाइटमार्फत अनलाइन दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति असोज २ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुरसहित असोज ९ गतेसम्म आवेदन दिन सकिनेछ।


प्रतिकृया