insta insta

सांग्रिला डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, योग्यता कति चाहिन्छ ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ११ गते
सांग्रिला डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, योग्यता कति चाहिन्छ ?
Advertisement Ads

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो इटहरी शाखाका लागि कर्मचारीको माग गरेको छ। हाल बैंकले सहायक शाखा प्रबन्धक (Assistant Branch Manager) र सम्बन्ध अधिकारी/प्रबन्धक (Relationship Officers/Managers) पदहरूमा कर्मचारी मागेको हो।

सहायक शाखा प्रबन्धक पदका लागि जुनियर अफिसर वा अफिसर स्तरमा १ जना कर्मचारी आवश्यक रहेको छ भने सम्बन्ध अधिकारी/प्रबन्धक पदका लागि असिस्टेन्ट, सिनियर असिस्टेन्ट वा सुपरभाइजर स्तरमा १ जना कर्मचारी आवश्यक छ। आवेदन दिन इच्छुक उम्मेदवारहरूले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ भने अफिसर स्तरका लागि स्नातकोत्तरलाई प्राथमिकता दिइनेछ।

अफिसर स्तरका लागि कम्तिमा ५ वर्ष र असिस्टेन्ट स्तरका लागि कम्तिमा ३ वर्षको सम्बन्धित क्षेत्रमा बैंकिङ अनुभव आवश्यक छ। उमेर हद अफिसर स्तरका लागि ४० वर्ष भन्दा कम र असिस्टेन्ट स्तरका लागि ३५ वर्ष भन्दा कम हुनुपर्नेछ।

इच्छुक उम्मेदवारहरूले बैंकको आधिकारिक वेबसाइट www.shangrilabank.com को Career सेक्सनमा गई आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८१ साल फागुन २३ गते, साँझ ५:०० बजेसम्म रहेको छ।

480686595 960943246136508 3216141045843619121 n https://bajarkochirfar.com/a-job-opening-has-been-opened-at-shangri-la-development-bank-what-qualifications-are-required | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स