सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखाहरूका लागि कर्मचारी माग गरेको छ। बैंकले लमही, दाङस्थित शाखाका लागि शाखा प्रबन्धक र बागलुङस्थित शाखाका लागि सम्बन्ध अधिकृत वा प्रबन्धक पदमा योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो। शाखा प्रबन्धक पदका लागि जुनियर अफिसर वा अफिसर तहमा एक जनाको माग गरिएको छ। यस पदका लागि न्यूनतम स्नातक तहको शैक्षिक योग्यता आवश्यक छ भने मास्टर डिग्री भएकालाई प्राथमिकता दिइनेछ। साथै, आवेदकसँग कम्तीमा पाँच वर्षको बैंकिङ अनुभव र त्यसमा कम्तीमा तीन वर्ष शाखा व्यवस्थापनको अनुभव हुनुपर्नेछ।
त्यस्तै, सम्बन्ध अधिकृत/प्रबन्धक पदका लागि असिस्टेन्ट, सीनियर असिस्टेन्ट वा सुपरभाइजर तहमा एक जना आवश्यक रहेको छ। यसका लागि पनि न्यूनतम स्नातक तहको शैक्षिक योग्यता तोकिएको छ र तीन वर्षको बैंकिङ अनुभव भएको हुनुपर्नेछ। दुबै पदका लागि सम्बन्धित स्थान तथा भूमिकामा अनुभव भएकालाई प्राथमिकता दिइनेछ। उमेर हदको हकमा अफिसर तहका लागि ४० वर्ष र असिस्टेन्ट तहका लागि ३५ वर्षभन्दा कम उमेर हुनुपर्नेछ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले बैंकको वेबसाइट मा गई दरखास्त दिन सक्नेछन्। आवेदन दिनेको लागि अन्तिम म्याद २०८२ साल असार १० गते साँझ ५ बजेभित्र रहेको छ।


प्रतिकृया