बेष्ट फाइनान्स कम्पनी लि., नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था, सूचना प्रविधि विभागका लागि सहायक स्तरको कर्मचारी आवश्यक परेको भन्दै दरखास्त आह्वान गरेको छ।
सूचना प्रविधि विभागको सहायक तहका लागि इच्छुक नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन्। उम्मेदवारहरूले कम्तीमा सूचना प्रविधिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ। साथै, कोर बैंकिङ सिस्टम (Pumori IV), SQL तथा Power BI सम्बन्धी राम्रो ज्ञान भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।
इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV) र हालसालै खिचिएको फोटो सहितको आवेदन यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र [email protected] मा इमेल गर्न सक्नेछन्।


प्रतिकृया