instainsta

झापामा खुल्यो सवा अर्ब लगानीमा पाँचतारे होटल, जनवरी १ देखि सञ्चालनमा आउने

झापामा खुल्यो सवा अर्ब लगानीमा पाँचतारे होटल, जनवरी १ देखि सञ्चालनमा आउने
AdvertisementAds

झापाको मेचीनगर नगरपालिका–७, इटाभट्टामा नयाँ पाँचतारे होटल ‘अश्वत्थ’ थपिएको छ। सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेको लगानीमा बनेको यस होटलमा रु १ अर्ब ३० करोड लगानी भएको छ। होटल आगामी सन् २०२५ को जनवरी १ देखि सञ्चालनमा आउनेछ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको ‘अश्वत्थ’ दुई बिघाह क्षेत्रफलमा फैलिएको छ। यो झापाको तेस्रो पाँचतारे होटल हो। यसअघि मेचीनगर–८ मा ‘होटल मेची क्राउन’ र विर्तामोडमा ‘होटल किङ्सबेरी’ सञ्चालनमा छन्। झापामा दुई अन्य पाँचतारे होटल प्रस्तावित छन्, जसले यस क्षेत्रलाई पाँचतारे होटलको हब बनाइरहेको छ।

‘अश्वत्थ’मा ८४ वटा स्वीट्स र डिलक्स कोठा छन्। होटलले इन्डोर स्वीमिङ पुल, जाकुजी, स्पा, ब्याङ्केट हल, ध्यान र योगका सुविधा प्रदान गर्दछ। यसमा क्यासिनोसमेत सञ्चालन हुनेछ।

सञ्चालक घिमिरेका अनुसार एसियाली राजमार्गको निर्माणले मेचीनगरमा पर्यटकीय गतिविधि बढ्ने सम्भावना देखेर लगानी गरिएको हो। होटल बागडोग्रा विमानस्थल र चन्द्रगढी विमानस्थलबाट करिब ३० किलोमिटरको दूरीभित्र रहेकोले बाह्य र आन्तरिक पर्यटक आकर्षित हुने विश्वास गरिएको छ।

भारतीय, भूटानी र बङ्गलादेशी पर्यटकलाई लक्षित गरी होटल खोलिएको छ। भविष्यमा इन्डोनेसिया र थाइल्यान्डबाट पनि पर्यटक सहजै नेपालमा भित्रिने अपेक्षा गरिएको छ।

यस होटलले हिमाली दृश्यावलोकनका लागि माउन्टेन फ्लाइटको सुविधा पनि उपलब्ध गराएको छ। होटल सञ्चालनपछि सुरुवाती चरणमा ५५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

मेचीनगर क्षेत्रमा हाल चारवटा क्यासिनो सञ्चालनमा छन्। भारतमा गोवा र सिक्किमबाहेक अन्यत्र क्यासिनो नभएकाले भारतीय पर्यटक नेपालका क्यासिनोमा आकर्षित हुने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स