नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयरधनीको नाममा रहेको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (मंसिर २७ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयर मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।
बैंकको रजिष्टर्ड कार्यालय, बानेश्वर काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

















प्रतिकृया