नेपाल प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा (सूचीसहित)
नेपाल प्रहरीका २५ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरिएको छ।
हिजो (पुस २९ गते) बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहतर्फका २५ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्ने निर्णय गरेको हो। प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको छ।
बढुवा सिफारिस गरिएको प्रमुख अधिकारीहरूको सूचीमा पहिलो नम्बरमा रमेश थापा, दोस्रो नम्बरमा अजय केसी, र अन्तिम नम्बरमा प्रभुप्रसाद ढकाल रहेका छन्।