२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने, परीक्षा फारम कहिले सम्म भर्न पाइन्छ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २५ गते
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने, परीक्षा फारम कहिले सम्म भर्न पाइन्छ?
Advertisement Ads

२५ वर्षअघिदेखि कक्षा ११ र १२ मा भर्ना भए पनि पढाइ पूरा गर्न नसकेका विद्यार्थीलाई अब मौका परीक्षा दिने सुविधा प्रदान गरिएको छ। यसअन्तर्गत २०५६ सालदेखि भर्ना भएका विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। इच्छुक विद्यार्थीले मंसिर २७ सम्म सम्बन्धित विद्यालयमार्फत आवेदन फारम बुझाउनुपर्ने छ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार, अङ्कन प्रणालीमा कुनै विषयमा फेल भएका, अनुपस्थित भएका, वा पुरानो ग्रेडिङ प्रणालीमा डी वा ई ग्रेड पाएका विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। विद्यार्थीले फेल भएका जुनसुकै विषयमा परीक्षा दिन सक्नेछन् भने, प्रयोगात्मक विषय बाँकी रहेका विद्यार्थीलाई पनि यो अवसर उपलब्ध हुनेछ।

कक्षा १२ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका विद्यार्थी र कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम रहेका विद्यार्थीले यो मौका पाउनेछन्। करिब १४ लाख पुराना विद्यार्थी यस अवसरका लागि योग्य रहेको अनुमान गरिएको छ।

आवेदन फारम संकलनपछि, परीक्षा तालिका सार्वजनिक गरिनेछ र परीक्षा पुरानै पाठ्यक्रमअनुसार सञ्चालन गरिने छ।

Plus 2 Notice https://bajarkochirfar.com/%e0%a5%a8%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%85%e0%a4%98%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a4%b8%e0%a4%9f%e0%a5%81%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स