हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासनको प्रक्रिया सुरु गरेको छ। यसका लागि कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकको रूपमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ।
कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासनमार्फत २० लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने योजना बनाएको छ।
आइतबारको एक कार्यक्रममा, कम्पनीका अध्यक्ष शेखर गोल्छा र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएर स्वीकृति प्राप्त गरेपछि मात्र आईपीओ निष्कासन गर्नेछ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया