हिमालयन लघुवित्तले बोलायो साधारणसभा, के-के छन् मुख्य एजेन्डा ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ६ गते
हिमालयन लघुवित्तले बोलायो साधारणसभा, के-के छन् मुख्य एजेन्डा ?

हिमालयन लघुवित्त वित्तीय संस्थाले १३औं वार्षिक साधारणसभा मंसिर २७ गते बोलाएको छ । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने पनि रहनेछ । यस्तै, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ ।

साथै, सभामा कम्पनीले अन्य कुनै लघुवित्त कम्पनीसँग एकआपसमा मर्ज हुने प्रस्ताव पेश गर्नेछ । तर, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १५ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स