सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २४.७४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
उक्त सभामा पारित गरिएको २४.७४ प्रतिशत नगद लाभांश कम्पनीले कनेक्ट आइपीएस मार्फत सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । वैशाख ६ गते सम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा भएको छ। नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका सेयरधनीहरूले यथासिघ्र गराउन समेत कम्पनीले आग्रह गरेको छ ।






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया