साहस उर्जा लिमिटेडको ‘लक इन’ सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १४ गते
साहस उर्जा लिमिटेडको ‘लक इन’ सकिँदै

साहस उर्जा लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि असोज १६ गते सकिने भएको छ । कम्पनीको २ करोड ४५ लाख कित्ता संस्थापक सेयर, ३५ लाख कित्ता स्थानीयको सेयर र २ लाख १० हजार कित्ता कर्मचारीको स्वामित्वमा रहेको सेयरको ‘लक इन’ अवधि सकिने भएको हो ।

कम्पनीले २०७८ असोज १७ गते सेयर बाँडफाँट गरेको थियो । सर्वसाधारणमा आईपीओ बाँडफाँड भएको मितिले ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको  सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ। सोहि सेयरको   लकइन अवधि समाप्त भएको हो।

लक–इन अवधि समाप्त भए संगै संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको स्वामित्वमा रहेको सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स