सरकारी कर्मचारी हटाएर सरकारको खर्च कम गर्ने एलन मस्कको योजना

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ४ गते
सरकारी कर्मचारी हटाएर सरकारको खर्च कम गर्ने एलन मस्कको योजना

अमेरिकामा संघीय सरकार देशको सबैभन्दा ठूलो रोजगारदाता हो, जसमा २० लाख मानिसले काम गर्दैछन्। अमेरिकी सरकारको खर्च घटाउनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्क र विवेक रामास्वामीलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसियन्सी’ (DOGE) को नेतृत्व दिएका छन्। यस योजनामा, केही सरकारी निकायहरूलाई पूर्ण रूपमा हटाउने विचार गरिएको छ।

रामास्वामीले फक्स न्यूजसँगको अन्तर्वार्तामा भने, “हामी केही सरकारी विभागहरूलाई पूर्ण रूपमा हटाउने सोचमा छौं।” यसअघि ट्रम्पले शिक्षा विभाग हटाउने कुरा गरेका थिए। २०२३ मा उनले भनेका थिए, “मेरो प्रशासनले सबैभन्दा पहिले गर्ने काम भनेकै वाशिंगटन डीसीमा रहेको शिक्षा विभाग बन्द गर्ने र राज्यहरूलाई यसको अधिकार दिने हो।”

शिक्षा विभाग भनेको संघीय सरकारले कम कर्मचारी भएको विभागमध्ये एक हो, जहाँ जम्मा ४,२४५ कर्मचारी कार्यरत छन्। तर, यो विभागको औसत तलब सबैभन्दा बढी $१,४४,५६१ रहेको छ। यसैगरी, ऊर्जा विभाग, जसमा १६,८४६ कर्मचारी छन्, यसको औसत तलब पनि $१,४३,४८६ छ।

अमेरिकी सरकारको सबैभन्दा ठूलो विभाग भनेको वेटेरन्स अफेयर्स हो, जहाँ ४ लाख ८६ हजार कर्मचारी छन्। यस विभागको औसत तलब $१ लाख ५ हजार छ। साथै, होमल्यान्ड सेक्युरिटी, डिफेन्स, र अन्तरिक मामिला विभागजस्ता अन्य ठूला विभागहरू पनि यो सूचीमा पर्छन्।

एलन मस्कले भने, “हाम्रो लक्ष्य भनेको कर्मचारी घटाएर सरकारी खर्च कम गर्नु हो। तर यसबाट प्रभावित हुनेहरूलाई लामो समयको सेवा सुविधा दिने सोच छ।” उनले भने, “हामी कटौती गरिएका कर्मचारीहरूलाई दुई वर्षसम्मको तलब बराबरको सेवा सुविधा दिन सकिन्छ।” यद्यपि, यस्ता कुनै पनि ठूलो परिवर्तन गर्नका लागि अमेरिकी कांग्रेसको स्वीकृति आवश्यक पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स