SHAREHUBSHAREHUB

समाज लघुवित्त ले लाभांश वितरण नगर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २१ गते
AdvertisementAds
समाज लघुवित्त ले लाभांश वितरण नगर्ने
AdvertisementAds

समाज लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । जेठ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षमा  ३० लाख ७३ हजार ७५१ रुपैयाँ खुद नाफा कमाएको थियो । उक्त नाफामध्ये २० प्रतिशतले हुने ६ लाख १४ हजार ७५० रुपैयाँ जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन अर्निङमा राख्ने निर्णय गरेको छ ।

यस अघि कम्पनीले  १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो तर यस वर्षको नाफा सञ्चित गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ ।

#BajarkoChirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स