ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भएर आउँदो कात्तिक २ देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकबाट घ वर्गको लाइसेन्सप्राप्त कम्पनीद्वय मर्ज भएपछि ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ नामबाट कारोबार थाल्नेछ।
ग्रामीण विकास लघुवित्तको कार्यालय बुटवल, रुपन्देहीमा र समाज लघुवित्तको मलंगवा, सर्लाहीमा रहेको थियो। मर्जपछि प्रधान कार्यालय बुटवलमै रहनेछ।
कात्तिक १ गते दुवै कम्पनीको सम्पूर्ण बैंकिङ्ग कारोबार सफ्टवेयर मिलानको लागि बन्द रहने कम्पनीहरूले जानकारी दिएको छ। राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति असोज २३ मा दिएको थियो।






![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)







![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया