नेप्सेले एक लघुवित्त कम्पनीसँग माग्यो स्पष्टीकरण

नेप्सेले एक लघुवित्त कम्पनीसँग माग्यो स्पष्टीकरण
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड सँग ढिलो गरी सूचना सार्वजनिक गरेको विषयमा स्पष्टीकरण माग गरेको छ।

नेप्सेले बिहीबार पत्र जारी गर्दै कम्पनीको सञ्चालक समिति बैठकबाट भएका निर्णय समयमै सार्वजनिक नगरेको भन्दै तीन कार्यदिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो।

नेप्सेका अनुसार कम्पनीको सञ्चालक समिति बैठक २०८३ जेठ ३ गते बिहान ७ बजे बसेको थियो। बैठकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा गर्ने, सेयर दाखिला–खारेज गर्ने तथा लाभांश दिने वा नदिने सम्बन्धी निर्णय गरेको थियो। तर, उक्त सूचना नेप्सेको NOTS प्रणालीमा जेठ ७ गते बिहान ९:३३ बजे मात्रै अपलोड गरिएको पाइएको नेप्सेले जनाएको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार सूचीकृत संस्थाले धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना वा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि बिहान १०:३० बजेसम्म सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

नेप्सेले उक्त व्यवस्था विपरीत किन तीन कारोबार दिनपछि मात्रै सूचना अपलोड गरिएको हो भन्ने स्पष्ट पार्न कम्पनीलाई निर्देशन दिएको छ।

nepse seeks clarification from gblbs notice 1779351414088 https://bajarkochirfar.com/nepse-seeks-clarification-from-a-microfinance-company | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स