ढिला गरी सूचना दिएको भन्दै नेप्सेले माग्यो ग्रामीण विकास लघुवित्तसँग स्पष्टीकरण

May 21, 2026

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडसँग स्पष्टीकरण माग गरेको छ। कम्पनीको सञ्चालक समितिले २०८३ जेठ ३ गते वार्षिक साधारण सभा र लाभांश सम्बन्धी निर्णय गरे पनि उक्त सूचना तीन कारोबार दिन ढिलो गरी मात्र नेप्सेमा पठाएको देखिएको छ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार मूल्यमा प्रभाव पार्ने सूचना सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि उपलब्ध गराउनुपर्ने व्यवस्था छ। नेप्सेले नियम विपरित ढिलाइ गर्नुको कारण ३ दिनभित्र पेश गर्न निर्देशन दिएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स