ग्रामीण विकास लघुवित्तले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

ग्रामीण विकास लघुवित्तले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त एक आपसमा गाभिएर बनेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १४ गते बुटवलमा रहेको सिद्धार्थ कटेज रेष्टुरेन्टमा बिहान ११ बजेदेखि भर्चुअल उपस्थिती र विद्युतीय/भर्चुअल जुममार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा अन्य कुनै उपयुक्त लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गरिनुका साथै यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८१/८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा १ जना महिलासहित ३ जना संस्थापक सञ्चालकको चयन गर्ने र सर्वसाधारण समूहका २ जना सञ्चालकको चयन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स