समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको मर्जर प्रक्रिया अगाडि बढाउन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ। केन्द्रीय बैंकले जेठ २२ गते दुबै संस्थालाई गाभिनका लागि स्वीकृति दिएको हो।
यसअघि, दुवै लघुवित्त संस्थाले फागुन १७ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए। समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ भने ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय बुटवलमा अवस्थित छ।















प्रतिकृया