समता घरेलु लघुवित्तको एफपिओमा मागभन्दा ६० गुणा बढी आवेदन

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २१ गते
समता घरेलु लघुवित्तको एफपिओमा मागभन्दा ६० गुणा बढी आवेदन
AdvertisementAds

  समता घरेलु लघुवित्तको एफपिओमा मागभन्दा ६० गुणा बढी आवेदन परेको छ । आवेदन दिने अन्तिम दिनसम्म (६०.७२ गुणा बढी)  २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो। सिडिएसका अनुसार आवेदनको अन्तिम मितिसम्म १४ लाख ३२ हजार ४२० जनाले २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
यसअन्तर्गत, कम्पनीले कात्तिक १२ गतेदेखि २० गते सम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिसेयर  १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपिओ बिक्री खुला गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स