शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँको व्यापार गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३.५९ प्रतिशतले कम हो।
समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १ करोड ५४ लाख रुपैयाँबाट घटेर २७ लाख रुपैयाँमा झरेको छ। कम्पनीको अन्य आम्दानी ३९७ प्रतिशतले बढेको छ।
हाल शिवम् सिमेन्ट्सको चुक्ता पूँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँ रहेको छ। यस्तै, कम्पनीको सेयर प्रिमियम ९५ करोड ६२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ २८ पैसा रहेको छ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया