लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो एभरेष्ट बैंक, बोनस र नगद कति ?



Advertisement
Ads

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।  गत शुक्रबार भदौ २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले  १० प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद गरी १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने एभरेष्ट बैंक पहिलो वाणिज्य बैंक हो।


Advertisement

बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीको खातामा पठाइने बैंकले जनाएको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर