रिलायवल नेपाल लाइफको आठौँ वर्षमा प्रवेश, समाजसेवा मार्फत मनाइयो वार्षिकोत्सव

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १६ गते
रिलायवल नेपाल लाइफको आठौँ वर्षमा प्रवेश, समाजसेवा मार्फत मनाइयो वार्षिकोत्सव

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स जीवन बिमा कारोबार सुरु गरेको ७ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ ।

सातौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले बिमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरूमा  विभिन्न कार्यक्रमहरु गरेको छ ।

जसअनुसार दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगन्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण गरिएको छ । यस्तै अन्य केही शाखाहरूले विद्यालयहरूलाई शैक्षिक सामाग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरू वितरण तथा सरसफाइ समेत गरी वार्षिकोत्सव मनाएका छन् ।

यसैबिच कम्पनीले करिब ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दूर दराजसम्म पुर्‍याउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स