युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट इतिहासकै सबैभन्दा उच्च नगद लाभांश घोषणा गरेको छ। बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रति सेयर १,७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यसअघि, कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १,५८० प्रतिशत नगद लाभांश दिएको थियो। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभामा पारित भएपछि मात्र वितरण गरिनेछ।
कम्पनीले साधारण सभा कात्तिक १२ गते बोलाएको छ। साधारण सभा र लाभांश वितरणको लागि कम्पनीले असोज २८ देखि कात्तिक १२ सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
यस आधारमा, असोज २३ सम्मका सेयरधनीहरूलाई साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य ठहरिनेछ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया