प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजार म्यादी प्रहरी भर्ना खुला, केके चाहिन्छ योग्यता ?

प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजार म्यादी प्रहरी भर्ना खुला, केके चाहिन्छ योग्यता ?

नेपाल प्रहरीले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा)ले बिहीबार सूचना जारी गर्दै निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी माग गरेको हो।

इच्छुक उम्मेदवारले पुस २५ गतेदेखि माघ १ गतेसम्म (सार्वजनिक बिदा दिनसमेत) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रहरी परिसरमार्फत दरखास्त फाराम बुझाउन सक्नेछन्।

म्यादी प्रहरीमा आवेदन दिनका लागि उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, नेपाली नागरिकता भएको, सामान्य लेखपढ गर्न सक्ने क्षमता भएको, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नभएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ भएको हुनुपर्ने योग्यता तोकिएको छ।

यसका अतिरिक्त अन्य आवश्यक योग्यतासम्बन्धी विवरण सूचना अनुसार रहने नेपाल प्रहरीले जनाएको छ।

pp YWW9DMt1LN https://bajarkochirfar.com/recruitment-of-133000-temporary-police-officers-is-open-for-the-house-of-representatives-elections-what-are-the-qualifications-required | %tags pp2 5FJDQSIWCT https://bajarkochirfar.com/recruitment-of-133000-temporary-police-officers-is-open-for-the-house-of-representatives-elections-what-are-the-qualifications-required | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स