पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्सको नाफा २० करोड बढी

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २९ गते
पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्सको नाफा २० करोड बढी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो।  

कम्पनीको कुल आम्दानी र बीमाशुल्क आर्जन पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा कुल आम्दानी १४.३० प्रतिशतले बढेको छ भने खुद बीमाशुल्क आर्जन ९.१४ प्रतिशतले वृद्धि भई ११ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी २४.४३ प्रतिशतले बढेर ४ अर्ब ५६ करोड रुपैयाँमा पुगेको छ। कम्पनीको जीवन बीमा कोषको आकार २ खर्ब १० अर्ब ७९ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

हाल नेपाल लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ छ। यस्तै प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा २ रुपैयाँ ३१ पैसाले बढेर १० रुपैयाँ १ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा रहेको छ ।।  

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स