न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको १ करोड २७ लाख ९५ हजार कित्ता शेयरको ‘लक–इन’ अवधि कात्तिक ४ गतेपछि सकिने भएको छ ।
कम्पनीका संस्थापकतर्फको १ करोड ९ लाख ५० हजार कित्ता, स्थानीय वासिन्दाहरूतर्फको अतिप्रभावित ५ लाख कित्ता, प्रभावित १० लाख कित्ता र कर्मचारीहरूतर्फको ३ लाख कित्ता सेयर तीन वर्षको ‘लक–इन’मा थियो । ‘लक–इन’ अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय वासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीका संस्थापक, आयोजना प्रभावित क्षेत्रका वासिन्दा र कर्मचारीहरूसमेत सर्वसाधारणलाई २०७८ कात्तिक ५ गते सेयर बाँडफाँट गरिएको थियो । सर्वसाधारणमा सेयर बाँडफाँट गरिएको मितिले तीन वर्षसम्म संस्थापक, स्थानीय वासिन्दा र कर्मचारीहरूको सेयर ‘लक–इन’ मा राख्नुपर्ने प्रावधान छ ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया