न्यादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८६ लाख ५५ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नोक्सानी घटेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १० करोड ६४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नोक्सानी पनि घटेको हो। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ३६ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २८ करोड ७० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। यस्तै, कम्पनीको खुद सञ्चालन नाफा पनि ५०.९६ प्रतिशतले बढेर २० करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी १० करोड ६४ लाख रुपैयाँबाट घटेर ८६ लाख ५५ हजार रुपैयाँमा झरेको छ। कम्पनीको वित्तीय खर्च पनि समीक्षा अवधिमा २४ करोड ५२ लाख रुपैयाँबाट घटेर २१ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ।
१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ५४ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५८ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७३ रुपैयाँ ७० पैसा रहेको छ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया