चालु आर्थिक वर्षको पहिलो त्रैमासमा न्यादी हाइड्रोपावरको नोक्सानी घटेको छ । यस अवधिमा कम्पनीले ७५ लाख ७५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ, जबकि अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ३७ लाख ३४ हजार रुपैयाँको नोक्सानी व्यहोरेको थियो।
असोज मसान्तसम्म कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसंगै कम्पनीको नोक्सानी घटेको हो। यस अवधिमा विद्युत् बिक्रीबाट प्राप्त आम्दानी ६१.९४ प्रतिशतले बढेर २१ करोड १९ लाख ४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ८ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको थियो।
साथै, कम्पनीको खुद सञ्चालन नाफा पनि १२०.८८ प्रतिशतले बढेर १३ करोड ४६ लाख ४० हजार रुपैयाँ पुगेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ५१ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ६३ रुपैयाँ ७८ पैसा छ।








![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)




![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया