न्यादी हाईड्रोपावर लिमिटेडले लाभांशको प्रस्तावबिना वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते काठमाडौँको बुद्धनगरस्थित क्वालिटी ब्याङक्वेटमा अपरान्ह १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।
गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै लाभांश प्रस्ताव नगरेकाले सभामा लाभांशसम्बन्धी एजेन्डा समावेश हुने छैन।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरू पारित गर्ने प्रस्ताव रहेको छ। साथै, आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश हुनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया