नेपाल रिपब्लिक मिडिया लिमिटेडले मंसिर १० गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा, काठमाडौं ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक २७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया