नेपाल रिपब्लिक मिडियाले पुस ८ गते विशेष साधारण सभा बोलाएको छ। कम्पनीले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा बिहान १०:३० बजे सभा गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने र त्यसका सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरिनेछ। यिनै प्रस्तावका लागि विशेष साधारण सभा बोलाइएको कम्पनीले जनाएको छ।
सञ्चार क्षेत्रको पहिलो सूचीकृत कम्पनी भए पनि नेपाल रिपब्लिक मिडियाले अहिलेसम्म लगानीकर्तालाई लाभांश वितरण गर्न सकेको छैन।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १ गते एक दिन बुक क्लोज गर्नेछ। बुक क्लोजको आधारमा मंसिर २९ गतेसम्मबाट कायम भएका सेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।









![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)





![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया