आइसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँबरावरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट प्रति ऋणपत्र रु.१ हजार अंकित दरका ३० करोड रुपैयाँबरावरको ३० लाख कित्ता भएको ‘९ प्रतिशत आइसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको स्वीकृति पाएको हो ।
कम्पनीको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्कासनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष आवेदन पेश गर्ने निर्णय गरेको थियो । कम्पनीको उक्त आवेदनलाई केन्द्रीय बैंकले जेठ २८ गते स्वीकृती प्रदान गरेको छ र अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाए पश्चात मात्रै ऋणपत्र निष्कासन गर्नेछ ।
साथै, कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
#BajarkoChirfar #Bazarkochirfar








![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)
![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)







![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया