खुद नाफा बढ्दा नबिल बैंकको अन्य सूचक कस्ता देखिए ?

खुद नाफा बढ्दा नबिल बैंकको अन्य सूचक कस्ता देखिए ?

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेको छ। प्रकाशित वित्तीय विवरण अनुसार चौथो त्रैमाससम्म बैंकले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशत घटेको छ ६ अर्ब २० करोड ७० लाख १० हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६.०२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको इम्पेयरमेन्ट चार्ज ५ अर्ब ४२ करोड ६२ लाख ६९ हजार रुपैयाँ रहेको थियो भने यस अवधिमा इम्पेरमेन्ट चार्ज ३ अर्ब २२ करोडमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। यसअवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ४२ पैसाले बढेर २६ रुपैयाँ ०९ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा रहेको छ ।

NABIL https://bajarkochirfar.com/%e0%a4%96%e0%a5%81%e0%a4%a6-%e0%a4%a8%e0%a4%be%e0%a4%ab%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a8%e0%a4%ac%e0%a4%bf%e0%a4%b2-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स