शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईभन्दा बढी विषयमा नन ग्रेड ल्याएका विद्यार्थीहरुलाई मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै नन ग्रेड ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको छ । बोर्डका अनुसार ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ छन् यसमध्य २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने विद्यार्थीको संख्या १ लाख २६ हजार ४ सय ७९ छ |


















प्रतिकृया