एसइईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त

एसइईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
Advertisement Ads

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका छन् ।

ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ अर्थात  ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

Advertisement Ads

त्यसगरी १.६० देखि २ जीपीए ६ जनाले ल्याएका छन् । त्यस्तै ३.६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको छ ।

newskarkahna news720141 https://bajarkochirfar.com/%e0%a4%8f%e0%a4%b8%e0%a4%87%e0%a4%88%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%ac%e0%a5%88%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a5%a8-%e0%a5%ae | %tags

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स