एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १७ गते
एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो ।

यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सार्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अनुतिर्ण भएका थिए । अब उनीहरु सबैले मौका परीक्षा दिन पाउने भएका छन् ।

यसअघि साउन १८ र १९ गते परीक्षा सञ्चालन गर्ने तयारी रहेपनि सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुन दिने निर्णय भएपछि परीक्षाको पूर्व निर्धारित तालिका संशोधन गरिएको हो ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स