नेपाल प्रहरीले आफ्ना कार्यरत, अवकाशप्राप्त, शहीद, अपाङ्ग तथा दिवंगत प्रहरीका सन्तानलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिने घोषणा गरेको छ। प्रहरी कल्याण कोष अन्तर्गत सञ्चालन गरिएको यो कार्यक्रम २०८० सालको एसईई उत्तीर्ण गरेका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरूलाई लक्षित छ।
छात्रवृत्तिका लागि आवेदन दिन इच्छुक विद्यार्थीहरूले एसईईको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, नाताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि लगायतका कागजात बुझाउनुपर्नेछ। कार्यरत प्रहरीका सन्तानले कार्यालयबाट सिफारिस पत्र र अवकाशप्राप्त तथा शहीद परिवारका सन्तानले पेन्सन पत्र वा अन्य आवश्यक प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ।
आवेदन काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी वा प्रदेश प्रहरी कार्यालयहरूमा बुझाउन सकिनेछ। साथै सम्पूर्ण कागजातहरूको स्क्यान प्रतिलिपि र व्यक्तिगत विवरणसहितको फाइल “[email protected]” मा पठाउने अन्तिम मिति २०८१ मंसिर २५ रहेको छ।


प्रतिकृया