आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ। उक्त विवरण अनुसार कम्पनीले २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३६% कम हो। अघिल्लो वर्षको सोही अवधिमा नाफा ४ करोड ७ लाख रुपैयाँ थियो।
हाल कम्पनी को चुक्ता पुँजी ९४ करोड ४३ लाख र जगेडा कोषमा १७ करोड ५७ लाख रुपैयाँ रहेको छ । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । खुद ब्याज आम्दानी ६ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि ३ करोड ७२ लाख रुपैयाँमा कायम भएको छ ।
कम्पनीको खराब कर्जामा पनि बृद्धि भएको छ, खराब कर्जा ०.८०% बाट बढेर ०.९०% पुगेको छ। प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसाले घटेर ११ रुपैयाँ ०५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा छ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया