अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानीमा उल्लेखनीय वृद्धि हुँदा कम्पनीले उल्लेख्य नाफा आर्जन गरेको छ।
विद्युत बिक्री आम्दानीमा ८१.६५ प्रतिशतले बढ्यो चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी ४७ करोड ५२ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ८१.६५% बढी हो। गत वर्ष पहिलो त्रैमासिकमा कम्पनीले २६ करोड १६ लाख रुपैयाँ कमाएको थियो।
नाफामा सुधार: गत वर्षको पहिलो त्रैमासमा ४० लाख रुपैयाँ घाटामा रहेको कम्पनीले यो वर्षको सोही अवधिमा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। विद्युत बिक्री आम्दानी बढ्दा कम्पनीको नाफामा सुधार देखिएको हो।
चुक्ता पुँजी र जगेडा कोष: कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ रहेको छ र जगेडा कोषमा ७३ करोड २२ लाख रुपैयाँ रहेको छ।
प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थमा सुधार: असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १२ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६५ पैसा पुगेको छ।









![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)




![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया