भोलिसम्म सेयरधनी बने पाइन्छ आइएमई लाइफ इन्स्योरेन्सको लाभांश, कति दिँदैछ ?

भोलिसम्म सेयरधनी बने पाइन्छ आइएमई लाइफ इन्स्योरेन्सको लाभांश, कति दिँदैछ ?
AdvertisementAds

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, पुस ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

कम्पनीले कुल १०.५२६३२ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ। उक्त लाभांश  पारित गर्न कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणसभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले लाभांश पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स