पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुद्दा परेका भक्तपुर सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको पद भने निलम्बन नहुने भएको छ। अख्तियारले पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि सांसद नेपालको पद स्वतः निलम्बनमा परेको हो। तर मेयर थापा भने केवल जग्गा जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका कारण पद निलम्बन नहुने भएको हो।
थापाले साविक साँगा गाविस–४ (ख) को कित्ता नम्बर ५५२ डिल्लीध्वज बराइलीसँग १ करोड ३० लाख रुपैयाँमा खरिद गरेको बताएका थिए। उनले आफूलाई सो जग्गा पतञ्जलीसँग सम्बन्धित भएको थाहा नभएको र खरिद प्रक्रिया कानुनी रुपमा पूरा गरेको दाबी गरेका छन्। उनीसहित २८ जना र २ कम्पनीलाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको हो भने बाँकी ६३ जनालाई बिगो, कैद र जरिवानासहितको अभियोगमा मुद्दा लगाइएको छ।



















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)
प्रतिकृया