परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १८ गते
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
AdvertisementAds

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। सीआईबीले सोमबार कागेश्वरी मनोहरा नगरपालिकाबाट भट्टराईलाई पक्राउ गरेको हो।

भट्टराईविरुद्ध पाँच तिब्बती शरणार्थीका नाममा फर्जी कागजातका आधारमा ट्राभल डकुमेन्ट जारी गरेको अभियोगमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर भएको छ। उक्त घटना २०६८ सालको भए पनि उनीविरुद्ध २०८२ चैतमा मुद्दा दर्ता गरिएको थियो।

गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दर्ताका बेला उनी उपस्थित नभएपछि अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो।

सोही पक्राउ पुर्जीका आधारमा सीआईबीले उनलाई पक्राउ गरेको हो। सीआईबी प्रमुख एआईजी उमा चतुर्वेदीका अनुसार भट्टराईलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई थप कानुनी प्रक्रिया अघि बढाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स