दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन विशेष अदालतको आदेश

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन विशेष अदालतको आदेश
Advertisement Ads

विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले दुवैलाई थुनामा राख्ने आदेश दिएको हो।

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पनि प्रतिवादी बनाइएको सोही मुद्दामा पौडेललाई भने अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। तर, भट्ट र अग्रवाललाई भने थुनामै राख्ने आदेश भएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई बुधबार दोस्रो मुद्दामा अदालतमा उपस्थित गराइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स