सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल आज प्रमुख तीन दलका शीर्ष नेताहरूसँग भेटवार्तामा व्यस्त छन्। शनिबार बिहानै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगन्जस्थित निवासमा भेट गरेका छन्।
जनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निजी निवासमा आगजनी भएपछि देउवा हाल महाराजगन्जमा भाडाको घरमा बस्दै आएका छन्। देउवासँगको भेटमा निर्वाचनसम्बन्धी विषयमा छलफल भएको छ।
देउवासँगको भेटपछि सञ्चारमन्त्री खरेल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास गुण्डु पुग्ने कार्यक्रम छ। त्यसपछि दिउँसो १२ बजे उनी नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्डलाई भेट्न खुमलटारस्थित निजी निवास जाने तय भएको छ।
एकैदिन प्रमुख तीन नेताका घरघरमै पुग्नुको कारण भने प्रधानमन्त्री सुशीला कार्कीले शनिबार देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्न लाग्नु हो। सोही छलफलको औपचारिक निम्तो दिन सञ्चारमन्त्री खरेल शीर्ष नेताहरूको निवासमा पुगेका हुन्।
स्रोतका अनुसार मन्त्री खरेलले बिहानैको भेटमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको छलफलका लागि औपचारिक निमन्त्रणा गरिसकेका छन्।













![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया